बैशाख ०८, २०८१, शनिबार
               

शोभाभगवती क्षेत्रमा दिउँसै लुटपाट

नेपाल फ्ल्यास
असोज ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । शोभाभगवतीको चमति क्षेत्रमा दिउँसै लुटपाट भएको छ ।  सोमबार दिउँसो केशवराज अर्यालको कोठाबाट नगद, सुनका गरगहना, कपडा र ल्यापटप गरी झण्डै २ लाखभन्दा बढीको  चोरी भएको हो ।

सोमबार घरमा काेही नभएको मौका छोपी, ६० हजार नगद, पुराना सिक्का र नोटहरु, सुनको तिलहरी २ सेट, चाँदीका बाला र कल्ली, कपडा तथा ल्यापटप चोरेर लगेको शोभाभगवतीका प्रहरी सहायक निरीक्षक अर्जुन थापाले बताए । अर्याल संचारकर्मी तथा कलाकार हुन् ।

चोरी गर्ने गिरोहको खोजी भइरहेको थापाले बताए ।


कस्तो लाग्यो ?

यो पनि