असोज ०६, २०८१, आइतबार
               

जहाज थपेर गन्तव्य विस्तार गर्दै यती यअरलाइन्स

नेपाल फ्ल्यास
असोज ०५, २०७८

ADVERTISEMENT

आफ्नो स्थापनाको २३ वर्ष पूरा गरेको अवशरमा वायुसेवा कम्पनी यती एयरलाइन्सले जहाज थपेर नयाँ गन्तव्य विस्तार गर्ने रणनीतिका साथ अघि बढेको छ । सन् १९९८ सेप्टेम्बर २१ बाट पहिलो उडान सुरु गरेको यतीले सोही दिनलाई वार्षिक उत्सवको रुपमा मनाउने गरेको छ । २४ वर्ष प्रवेशसँगै यतीले जेट स्ट्रिम युगको पूर्णरुपले अन्त्य गरी एटिआर युगमा प्रवेश गरेको छ । 

हालै यतीले आफूसँग रहेको पाँच वटा विमान बिक्री गरेको छ । नेपालका दुर्गम क्षेत्रका बासिन्दालाई मानवीय सेवा गर्ने उद्देश्य लिएर स्थापना भएको यतीले आफ्नो भगिनी संस्था तारा एअरसहित सेवा प्रदान गर्दै आएको कम्पनीले दाबी गरेको छ ।

स्थापनाको सुरुआती दिनमा यातायात सञ्जाल नजोडिएका हिमाली क्षेत्र र कर्णालीका बासिन्दालाई खाद्यान्न, औषधि, लत्ताकपडालगायत सामग्री ढुवानी गर्दै आएको यतीले पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा समेत आफ्नो सञ्जाल बढाउँदै लगेको एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनोज रिमालले जानकारी दिए । “पाइलट, चालक दल, दक्ष प्राविधिक, तालिम प्राप्त कर्मचारी, साझेदार सङ्घसंस्थाको  इमान्दारी तथा यात्रुको विश्वासले हामी सफल भएका छौँ,”, सिइओ रिमालले भने ।


कस्तो लाग्यो ?

यो पनि