असोज ०६, २०८१, आइतबार
               

भारतीय तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते

नेपाल फ्ल्यास
असोज ०५, २०७८

ADVERTISEMENT

काठमाडौं । भारतीय तस्कर समूहबाटको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । कञ्चनपुर जिल्लामा भारतीय तस्करको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका हुन् ।

सोमबार (हिजो) साँझ दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले आक्रमण गरेको बताइएको छ ।

उक्त आक्रमणमा सशस्त्र प्रहरीको बीओपी कञ्जभोजमा कार्यरत तीन जना जवान समान्य घाइते भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ । घाइतेहरुको दोधाराचाँदनीस्थित स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ ।

नेपालतर्फ विभिन्न समान तस्करी भइरहेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीसँग भेट हुँदा एक्कासी उनीहरुले ढुङ्गामुढा गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्र ऐरले बताए ।

तस्करको समूहलाई नियन्त्रणमा लिने प्रयास गरे पनि ३०–४० मिटर नजिकै भारतीय भूमि भएकाले उनीहरु भाग्न सफल भएको एसपी ऐरले बताए ।

उनका अनुसार भारतीय तस्करको समूहको पहिचान भइसकेको छ र मंगलबार तस्करको समूहलाई नियन्त्रणमा लिएर कानून बमोजिम कारवाही गर्ने आश्वासन भारतीय पक्षले दिएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि