असोज ०६, २०८१, आइतबार
               

निर्वाचन आयोग र सभामुखविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

नेपाल फ्ल्यास
असोज ०४, २०७८

ADVERTISEMENT

नेकपा (एमाले)ले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्दाहेर्दैमा रखिएको छ। न्यायाधीश दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको हो। 

नेकपा एमालेका १४ जना प्रतिनिधिसभा सदस्य र २ जना लुम्बिनीका प्रदेशसभा सदस्यको पदमुक्तिको कारवाही सदर गर्न माग गर्दै एमाले अदालत पुगेको थियो । त्यही विरोधमा एमालेले संसदमा निरन्तर अवरोध गर्दै आइरहेको छ। न्यायाधीशद्वय कार्की र चुँडालको संयुक्त इजलासमा बहस नसकिएपछि आज टुंगो नलागेको हो । यो मुद्दामाथिको सुनुवाइ मंगलबार पनि जारी रहनेछ ।

रिट निवेदकको पक्षबाट वरिष्ठ अधिवक्ता महेश नेपाल, विजयकान्त मैनाली, पूर्वमहान्यायाधिवक्ता रमेश बडालसहित बाबुराम दाहाल, श्रीकान्त बराल, भोजराज आचार्यलगायतले बहस गर्दैछन् ।

त्यस्तै विपक्षबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, हरिहर दाहाल, रमनकुमार श्रेष्ठ, गोविन्द बन्दी लगायत छन् । रमन श्रेष्ठलगायतले बहस गर्न बाँकी रहेकाले सो मुद्दा हेर्दा हेर्दैमा छ ।


कस्तो लाग्यो ?

यो पनि