असोज ०६, २०८१, आइतबार
               

कालीगण्डकीकाे पुलबाट हामफालेर पुरुष बेपत्ता

नेपाल फ्ल्यास
असोज ०४, २०७८

ADVERTISEMENT

रामपुर । कालीगण्डकीको पुट्टारघाट पुलबाट हाम फालेर एक व्यक्ति बेपत्ता भएका छन् । तनहुँ घिरिङ गाउँपालिका–१ पुट्टार निवासी अन्दाजी ४८ वर्षीय विष्णुभक्त सिग्देल आइतबार दिउँसो करिब ३ बजेको समयमा पुलबाट हाम फालेर बेपत्ता भएका हुन् ।

पाल्पा रामपुर बेझाड बजारमा होटल व्यवसाय गर्दै आएका सिग्देल आइतबारमात्रै पुट्टारस्थित घरमा गएको पारिवारिक स्रोतले जनाएको छ ।

पुट्टार घाटको झोलुङ्गे पुलपारि (तनहुँतिरको भागमा) आफूले प्रयोग गरेको मोटरसाइकल, चाबी, बिलबुक, पर्ससमेत फेला परेको प्रहरी चौकी पुट्टारका प्रमुख पदमबहादुर कुमालले जानकारी दिए ।

नदीमा बेपत्ता भएका सिग्देलको खोजी जारी रहेको स्थानीयवासी नारायण सिग्देलले बताए । 


कस्तो लाग्यो ?

यो पनि