बैशाख १९, २०८१, बुधबार
               

कहाँ छ आज भारी वर्षाको सम्भावना ?

नेपाल फ्ल्यास
असोज ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकालगायत केही बाहिरी जिल्लाहरुमा मौसम पहिलेको तुलनामा हल्का परिवर्तन भएको छ । काठमाडौं उपत्यकाका केही स्थानमा हल्का बदली भइ केही स्थानमा सफा देखिएको छ ।

साथै, केही अन्य प्रदेशका उच्च तथा पहाडी क्षेत्रमा भने हल्कादेखि मध्यम र भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै, दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी  राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही  प्रदेश  १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको छ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि