बैशाख २१, २०८१, शुक्रबार
               

प्राज्ञिकले गर्‍यो विद्यालयलाई सहयोग

नेपाल फ्ल्यास
असोज ०२, २०७८

ADVERTISEMENT

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले मनाङ जिल्लामा मर्स्याङ्दी नदीले बगाएको भानु माध्यमिक विद्यालयमा पठनपाठन नियमित गर्न टेन्ट त्रिपाल, म्याट औषधिलगायतका सामग्री हस्तान्तरण गरेको छ ।

परिषद्ले लमजुङको वेशीसहरमा एक कार्यक्रम गरी भानु माध्यमिक विद्यालयका प्राचार्य श्यामकृष्ण पन्तलाई सहयोग सामग्री हस्तान्तरण गरेको हो । गत असारमा गएको विनाशकारी बाढीका कारण मनाङ जिल्लामा करोडौँको क्षति भएको थियो । त्यसमा बाढीका कारण मनाङको भानु माविमा पनि क्षति पुर्‍याएका कारण त्यहाँको नियमित पठनपाठन प्रभावित छ ।

कार्यक्रममा लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेल,डिएसपी कृष्ण कार्की, विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाल, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष आशा गुरुङ, जनविकास माविका प्राचार्य रत्नमान श्रेष्ठ, सामाजिक व्यक्तित्व नरहरि वाग्ले, त्रिभुवन विश्वविद्यालयका मिडिया प्रमुख हरिसकुमार ऐर, हेमन्त अवस्थी, ववी शर्मालगायतको उपस्थिति थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङ, नमुना सामुदायिक अस्पताल सुन्दर बजार, दूधपोखरी गाउँपालिका विश्वकर्मा गुठी समाज लमजुङ, राष्ट्रिय श्रमिक संगठनलाई पनि टेन्ट र त्रिपाललगायतका सामग्री वितरण गरिएको थियो ।

यो पनि