असोज ०६, २०८१, आइतबार
               

संखुवासभा सामूहिक हत्या प्रकरण : लोकबहादुरका भाइलाई सदरमुकाम ल्याइयो

नेपाल फ्ल्यास
असोज ०१, २०७८

ADVERTISEMENT

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा प्रहरीले अनुसन्धान जारी राखेको छ । अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई जिल्ला सदरमुकाममा ल्याएका छन् ।

लोकबहादुरका भाइ नरेश कार्कीलाई सोधपुछका लागि सदरमुकाम खाँदबारी ल्याएको प्रदेश–१ प्रहरी कार्यालयका डीआईजी अरुण बिसीले बताए । हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल बरामद गरेका छन् । मोबाइल बरामद गरेपछि प्रहरीले नरेशलाई बिहीबारदेखि नै नियन्त्रणमा राखेर सोधपुछ गरिररहेको छ ।

भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की,आमा पार्वती कार्की,श्रीमती कमला,बुहारी ३२ वर्षीया रञ्जना कार्की,८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो । हत्यापछि सङ्खुवासभा पुगेका केन्द्रीय अनुसन्धान ब्युरोको टिमले ५ दिनपछि लोकबहादुरलाई पक्रेर सार्वजनिक गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि