असोज ०६, २०८१, आइतबार
               

लिमी लाप्चामा सीमा स्तम्भको अध्ययन गरेर हिल्सा पुग्यो समिति

नेपाल फ्ल्यास
असोज ०१, २०७८

ADVERTISEMENT

नेपाल–चीन सीमा अध्ययन गर्न गृह मन्त्रालय टोलीले लिमी लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अध्ययन गरेर हिल्सा पुगेको छ ।

सदरमुकाम सिमकोटदेखि लाप्चासम्म गाडीमा पुगेको टोली ४ दिन पैदल हिँडेर झन्डै ५ हजार मिटरको उचाइमा रहेको हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । नाम्खा गाउँपालिका वडा ६ लिमी लाप्चामा रहेको १२ नम्बर स्तम्भको अध्ययन गरेर उक्त टोली हिल्सा पुगेको हो ।

गृह मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको संयोजकत्वमा रहेको सीमा अध्ययन समितिका सदस्यहरु र नाम्खा गाउँपालिका वडा ६ का स्थानीय लिमी लाप्चा पुगेर अध्ययनपछि हिल्सामा रहेको सीमा स्तम्भको अध्ययनका लागि यहाँ पुगेका हुन् ।

हुम्ला आएकामा संयोजक आचार्यसँग सदस्यहरू उमेशराज जोशी, किशोर श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डंगोल, दयानन्द जोशी र कपिल कटुवाल छन् ।
नाम्खाको किटखोलामा रहेको ५ नम्बर सीमास्तम्भको अध्ययन गर्न टोली हिल्सातर्फ गएको छ ।

नाम्खाको वडा ६ लिमीका तीन गाउँ जाङ, तिल, हल्जीबाट प्रतिनिधित्व गरेर स्थानीय टोली पनि लिमी लाप्चाको १२ नम्बर सीमा स्तम्भमा पुगेका थिए । अध्ययन समितिको टोली लाप्चा अध्ययन गरी हिल्सा पुगेका हुन् । उक्त टोली २७ भदौमा सिमकोटबाट लाप्चातर्फ प्रस्थान गरेको थियो ।

हुम्लामा पर्ने नेपाल–चीन सीमाका १५ वटै स्तम्भको अध्ययन गर्ने गरी काम थालिएको टोलीका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यले बताए ।


कस्तो लाग्यो ?

यो पनि