बैशाख २०, २०८१, बिहीबार
               

आजको मौसम : कहाँ छ भारी वर्षाको सम्भावना ?

नेपाल फ्ल्यास
असोज ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने आँकलन गरेको छ ।

भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको र मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले सुप र लुम्बिनीमा भारी वर्षाको प्रक्षेपण महाशाखाले गरेको हो ।  

महाशाखाले भारी वर्षा हुने स्थानको पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव को जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाको पूर्वानुमान बुलेटिनअनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदलीसहित गण्डकी तथा लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै, लुम्बिनी र सुदूरपश्चिममा भने एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

आज राति भने देशभर सामान्य बदली रही थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
देशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।


कस्तो लाग्यो ?

यो पनि