बैशाख २४, २०८१, सोमबार
               

भेरी नदीमा हामफाल्ने महिलाको पहिचान खुल्यो

नेपाल फ्ल्यास
भदौ ३१, २०७८

ADVERTISEMENT

भेरी नदीमा हामफाल्ने महिलाको पहिचान खुलेको छ । तिलागुफा नगरपालिका–६ कालिकोट घर भएकी ३१ वर्षीया महिला अमिला दमाई रहेको प्रहरीले जनाएको छ । 

बिहीबार दिउँसो उनले वीरेन्द्रनगर–११ स्थित भेरी नदी किनारामा छाता, मोबाईल र कपडा राखेर नदीमा हाम फालेकी थिइन् । नदी हाम फालेकी अमिला अहिले बेपत्ता छिन् । 

घटनास्थलमा छोडिएको ग्लोबल आइएमई बैंकको चेक समेत प्रहरीले फेला पारेको छ । नदीमा बेपत्ता भएकी अमिलाको खोजीमा प्रहरी जुटेको छ । अमिलाले नदीमा हामफाल्नुको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि