असोज ०६, २०८१, आइतबार
               

तथ्यांक विभागको प्रक्षेपण : नेपालको जनसंख्या ४० लाख बढ्छ

नेपाल फ्ल्यास
भदौ ३०, २०७८

ADVERTISEMENT

केन्द्रीय तथ्याङक विभागले यसपटक जनसंख्या तीन करोड पाँच लाखको हाराहारीमा पुग्ने अनुमान गरेको छ । मृत्युदरभन्दा जन्मदर बढी भएकाले १० वर्षको अवधिमा नेपालको जनसंख्या ४० लाख बढेर तीन करोड पाँच लाख पुग्ने अनुमान तथ्यांक विभागले गरेको हो । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या दुई करोड ६५ लाख थियो । 

तथ्यांक विभागका कम्पयुटर अधिकृत डोल नारायण श्रेष्ठका अनुसार सोही प्रक्षेपणलाई आधार मानेर बुधबारबाट राष्ट्रिय जनगणना सुरु भएको छ ।  ’२०६८ को जनगणनामा देखिएको जन्मदर र मृत्युदर कायमै रहेको विभागको बुझाइ छ’, श्रेष्ठले भने, सो जन्मदर र मृत्युदर कायम रहेको खण्डमा नेपालीको जनसंख्या अब ४० लाख बढेर तीन करोड पाँच लाख हाराहारिमा पुग्ने देखिन्छ ।

१२औँ राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत बुधबारदेखि घर तथा घरपरिवार सूचीकरण जारी छ । यसअघि गत २५ जेठदेखि जनगणना गर्ने कार्यक्रम तय गरिएकोमा कोरोना महामारीका कारण जनगणना स्थगित गरिएको थियो।

साढे तीन महिना धकेलिएको यो कार्यक्रम ’मेरो जनगणना, मेरो सहभागिता’ भन्ने नारासहित देशभर जनसंख्या संकलन सुरु भएको छ । हाल कोरोनाको संक्रमण दर घट्दै गएको, लकडाउनको अवस्था नरहेको र जनजीवन सामान्य बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै सरकारले सूचीकरण अभियान सुरु गरेको हो।


कस्तो लाग्यो ?

यो पनि