असोज ०६, २०८१, आइतबार
               

बुढीगंगा गाउँपालिकाकी अध्यक्ष बनिन् १६ वर्षीया सुस्मिता

नेपाल फ्ल्यास
भदौ २९, २०७८

ADVERTISEMENT

राष्ट्रिय बाल दिवसको अवसरमा मोरङको बुढीगंगा गाउँपालिकामा  एक दिनका लागि १६ वर्षीया बालिकाले अध्यक्ष बन्न अवशर पाएकी छन् । गाउँपालिकाले सुस्मिता ऋषिदेवलाई  एक दिनका लागि अध्यक्ष बनाएको हो।

आज बिहान १० बजे पालिका अध्यक्ष बालचन्द्र माझीले औपचारिक कार्यक्रममा पदभार हस्तान्तरण गरेर  सुस्मितालाई एक दिनका लागि अध्यक्षको जिम्मेवारी दिएका थिए। पदभार हस्तान्तण भएको पत्र पाएपछि पालिकाले औपचारिक कार्यक्रममा सुस्मिताले सोही कार्यक्रममा पद तथा गोपनियताको सपथ लिएकी थिइन्।

त्यसपछि लगत्तै सुस्मिताको नेतृत्वमा कार्यपालिकाको बैठक बसेको थियो। बैठकले बुढीगंगालाई बालविवाह मुक्त बनाउन चेतनामूलक कार्यक्रम गर्ने, सबै भौतिक पूर्वाधारहरुलाई बालमैत्री बनाउने र बाल अधिकार संरक्षणका लागि ५० हजार बजेट विनियोजन गर्ने तीन वटा निर्णय गरेको थियो ।

बैठकपछि उनी प्रमुख प्रसासकीय अधिकृत, शाखाका कर्मचारी, अधिकारकर्मी र पत्रकारसहितको टोली लिएर विद्यालय र स्वास्थ्य केन्द्रको स्थलगत अनुगमन गर्न पुगेकी थिइन्।

एकदिने पालिका अध्यक्ष सुस्मिताले गरेका निर्णयहरू निर्वाचित अध्यक्ष बालचन्द्र माझीको नेतृत्वमा बस्ने कार्यपालिका बैठकमा अनुमोदन गरेर कार्यान्वयनमा ल्याउने गाउँपालिकाले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि