जेठ ०५, २०८१, शनिबार
               

एकदिवसीय वरियतामा नेपालको सुधार

नेपाल फ्ल्यास
भदौ २९, २०७८

ADVERTISEMENT

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले मंगलबार जारी गरेको नयाँ वरियतामा नेपालको एक स्थान सुधार गर्दै १५औँ स्थानमा उक्लिएको छ। यसअघि नेपाल १६औँ स्थानमा थियो ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत हिजो भएको खेलमा नेपालले अमेरिकालाई पराजित गरेपछि नेपालको वरियतामा सुधार आएको हो । ओमान भ्रमणमा रहेको नेपालले अमेरिकासँग खेल्नुअघि पपुवा न्युगिनीविरुद्धको दुई खेलको एकदिवसीय सिरिजसमेत जितेको थियो।

एकदिवसीयमा वरियतामा न्युजिल्याण्ड शीर्षस्थानमा छ भने इंग्ल्याण्ड दोस्रो स्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि