बैशाख २०, २०८१, बिहीबार
               

आज कुन क्षेत्रमा कति वर्षा ?

नेपाल फ्ल्यास
भदौ २९, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज पहिलेको तुलनामा मौसम केही परिवर्तन भइ काठमाडौं उपत्यकालगायत धेरै क्षेत्रमा बिहानैदेखि मौसम सफा देखिएको छ ।

तर, केही प्रदेशका उच्च तथा हिमाली भेगमा र तराइका केही क्षेत्रमा भने वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै दिउँसो पनि देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति पनि देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि