असोज ०६, २०८१, आइतबार
               

एमालेको अवरोधका बीच लोकसेवा आयोग विधेयक पारित

नेपाल फ्ल्यास
भदौ २८, २०७८

ADVERTISEMENT

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधकाबीच लोकसेवा आयोग विधेयक २०७५ राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट राष्ट्रियसभामा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाबाट सन्देशसहित आएको, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको लोकसेवा आयोग विधेयक पेश गरेका थिए ।

विधेयकमाथिको छलफलमा कुनै सदस्यले भाग लिएनन् । बहुमतका आधारमा विधेयक राष्ट्रियसभाबाट पारित भएको हो । विधेयक पारित हुँदा एमालेका सांसदले उठेर अवरोध गरिरहेका थिए ।

यसअघि आजै बसेको पहिलो बैठकमा सभापति परशुराम नेगी गुरुङका तर्फबाट सदस्य खगेन्द्र प्रकाश पुरीले विधायन व्यवस्थापन समितिको लोकसेवा आयोग विधेयक २०७५ सम्बन्धी प्रतिवेदन पेश गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि