मंसिर ०७, २०८१, शुक्रबार
               

दुर्घटनामा एकको मृत्यु, नौ जना घाइते

नेपाल फ्ल्यास
भदौ २७, २०७८

ADVERTISEMENT

ओखलढुङ्गामा टाटा सुमो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो मानेभञ्ज्याङ गाउँपालिका– ६ मितेरीभञ्ज्याङमा टाटा सुमो दुर्घटना हुँदा बारा घर भएका करिब ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । 

बा११च ५२१० नम्बरको सुमो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको र अन्य नौ जना घाइते भएको प्रहरीले जनाएकाे छ । घाइते हुनेमा दुई महिला, चार नाबालक र चालकसहितका अन्य पुरुष छन् ।

दुर्घटनाका घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको उदयपुरको घुर्मीमा उपचार भइरहेको छ । सिद्धिचरण नगरपालिकाको निशङ्खे हुँदै मानेभञ्ज्याङ–१ मोलीको बाटो भएर काठमाडौँका लागि छुटेको सुमोमा १० व्यक्ति सवार थिए । 


कस्तो लाग्यो ?

यो पनि