बैशाख १४, २०८१, शुक्रबार
               

संखुवासभा हत्याकाण्ड  : हत्यालगत्तै आरोपीले चिर्पट जलाएको खुलासा

नेपाल फ्ल्यास
भदौ २७, २०७८

ADVERTISEMENT

संखुवासभा । संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारको ६ जनाको हत्यामा संलग्न आरोपीले हत्यालगत्तै दाउराको चिर्पट जलाएको खुलासा भएको छ । हत्यामा संलग्न आरोपी लोक बहादुर कार्कीले ६ जनाको हत्या गरेपछि हत्यामा प्रयोग भएको चिर्पट बालेको प्रहरीसमक्ष बयान दिएका छन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरीले यसबारे जानकारी गराएको हो । घटनाको अनुसन्धानमा खटिएका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का एक अधिकृतका अनुसार आरोपीले ६ जनालाई आक्रमण गरी घर गएलगत्तै हत्यामा प्रयोग भएको चिर्पट बालेका थिए । प्रमाण नष्ट गर्ने उद्देश्यका साथ चिर्पट बालेको पाइएको ती अधिकृतले बताए ।

घटनामा संलग्न भनिएका आरोपी ३ पटक वैदेशिक रोजगारीमा पनि गएको तर लामो समय काम गर्न नसकी नेपाल फर्किएका थिए । घटनामा संलग्न आरोपीका अनुसार आफूलाई मृतक तेज बहादुरले पटकपटक गाली गर्ने गरेको, घरमा धेरै ऋण लागेको तर पैसा कमाउन नसकेको, जीवनदेखि हार मानेको र हीनताबोध भएको कारण तेजबहादुरप्रति रिस साँधी हत्या गरेको बताएका छन् ।

घटनामा जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदी, केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी रुगम कुँवर र प्रदेश प्रहरी कार्यालयका इन्सपेक्टरको टोली अनुसन्धानका लागि खटिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि