असोज ०६, २०८१, आइतबार
               

एमाले अवरोधबीच दल विभाजनसम्बन्धी अध्यादेश पेस

नेपाल फ्ल्यास
भदौ २५, २०७८

ADVERTISEMENT

राष्ट्रिय सभाको बैठक सुरु हुनसाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोध गरेकाे छ । यस बीचमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश-२०७८ पेस गरिएको छ ।

शुक्रबार बैठक शुरू हुनासाथ एमाले सांसदहरूको अवरोध गरिरहँदा गृहमन्त्री बालकृष्ण खाणले सो अध्यादेश पेस गरेका छन् । त्यसैगरी बैठकले संविधानसभा सदस्य जनवादी गायक जुठबहादुर खड्गी ‘जेबी टुहुरे’ र अर्का संविधानसभाका सदस्य महेन्द्र शेरचनको निधनप्रति शोक प्रस्तावसमेत पारित गरेको छ ।

एमालेले गत २३ गते बुधबारबाट शुरू भएको संघीय संसदको दुवै सदन अवरुद्ध पार्दै आएको छ । राष्ट्रियसभाको अर्को बैठक भदौ २६ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि