बैशाख १३, २०८१, बिहीबार
               

एमसीसीको विरोधमा बानेश्वरमा प्रदर्शन (तस्विरसहित)

नेपाल फ्ल्यास
भदौ २३, २०७८

ADVERTISEMENT

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा भएको प्रदर्शनमा प्रहरीले धरपकड गरेको छ ।

बानेश्वरस्थित नेपाल कमर्श क्याम्पसबाट निस्किएको टोलीलाई प्रहरीले धरपकड गरेको हो । 

आन्दोलनको नेतृत्व गरेको एमसीसी खारेज राष्ट्रिय अभियानका पाँच जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदर्शनमा एमसीसी खारेज गर्नुपर्ने, गृहमन्त्रीले राजीनामा दिनुपर्ने लगायतका नारा लगाइएको थियो ।

सहभागीहरुले अमेरिकी साम्राज्यवाद मुर्दावाद, रिजेक्ट एमसीसी, गेट आउट एमसीसी लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

यसैबीच, एमसीसी खारेज राष्ट्रिय अभियानले प्रहरीको ज्यादतीको विरोध गरेको छ । 

 'एमसीसी नेपालबाट खारेज नभएसम्म आन्दोलन जारी रहने' अभियानले बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि