बैशाख २०, २०८१, बिहीबार
               

आज कुन प्रदेशमा भारी वर्षाको सम्भावना ?

नेपाल फ्ल्यास
भदौ २३, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकाका केही स्थानमा मौसम पहिलेको तुलनामा परिवर्तन भइ हल्का घाम लागिरहेको छ । साथै केही क्षेत्रमा भने हल्का बदली भएको छ ।

त्यस्तै अन्य बाहिरी केही जिल्लाहरुमा पनि मौसम पहिलेको तुलनामा परिवर्त भभएको महाशाखाले जनाएको छ । साथै, केही प्रदेशका उच्च तथा हिमाली क्षेत्रमा भने हावाहुरीसहित चट्याङ र हल्कादेखि मध्यम तथा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

त्यसैगरी दिउँसो पनि देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राति पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि