बैशाख २३, २०८१, आइतबार
               

नेपाल आयुर्वेद औषधि उत्पादक संघको अध्यक्षमा साउद

नेपाल फ्ल्यास
भदौ २२, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल आयुर्वेद औषधी उत्पादक संघको अध्यक्षमा मानबहादुर साउद निर्वाचित भएका छन् । त्यस्तै, उपाध्यक्षमा डा. खेमराज भट्टराई र चन्द्रकान्त खनाल, महासचिवमा सुमनप्रसाद पाण्डेय, सचिवमा पिताम्बर आचार्य, कोषाध्यक्षमा महेन्द्रराज बज्राचार्य एवं सह कोषाध्यक्षमा डा. सुमन पौडेलको युवादस्ता निर्विरोधरुपमा पाएको छ ।  १३ सदस्यीय कार्यसमितिका सदस्यहरुमा शम्भु अग्रवाल, बुद्धिमान शाक्य, शिवराम थापा, सूर्यकृष्ण श्रेष्ठ, अर्जुन पौडेल र विनोद अधिकारी समेत निर्विरोध निर्वाचित भएका छन् ।  

यसअघि, साउद संघको उपाध्यक्ष, पोण्डय महासचिव, खनाल सचिव र बज्राचार्य कोषाध्यक्ष थिए । उपाध्यक्ष भट्टराई र सचिव आचार्य संघको पदाधिकारीका रुपमा नयाँ अनुहार हुन् । त्यस्तै सदस्यहरुमा समेत केही नयाँ अनुहारलाई मौका दिइएको छ । अधिकाश पदाधिकारी र सदस्यहरु युवा छन् ।

उनीहरुमा उद्योग सञ्चालनको लामो अनुभव, जोश र जाँगरले आगामी दिन आयुर्वेद औषधी उत्पादनको गतिले थप उचाइ लिने विश्वास गरिएको छ  । डा. नारायप्रसाद अर्याल संयोजक रहेको निर्वाचन मण्डलका सदस्यद्व शिव ज्ञवाली तथा सुरज भट्टराईले निर्वाचनका सम्पूर्ण विधि प्रक्रियाहरु पूरा गरेर नयाँ कार्यसमितिका सदस्यहरु निर्वाचित भएको जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि