जेठ ०३, २०८१, बिहीबार
               

गुल्मीमा टेलिकम टावरको ४८ थान ब्याट्री चोरी गर्ने पक्राउ

नेपाल फ्ल्यास
भदौ २२, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल टेलिकम दूरसञ्चार कार्यालय अन्तर्गत धुर्कोटमा रहेको  नेपाल टेलिकमको टावर डब्लुडिआर १६१ मा रहेको  ४०० एच–२ भोल्टका ४८ थान ब्याट्री चोरी गर्ने व्यक्तिलाई यहाँको प्रहरीले पक्राउ गरेको छ ।

भदौ ९ गते धुर्कोट गाउँपालिका–६, धुर्कोट  कोटको उक्त टावरबाट  ४८ थान ब्याट्रीहरू अज्ञात व्यक्तिले चोरी गरी बुटवल तर्फ लगेको हुँदा उक्त व्यक्तिको खोज तलास गरी पाउँ भनी दूरसञ्चार कार्यालय गुल्मीले भदौ १० गते जिल्ला प्रहरी कार्यालय गुल्मीलाई पत्र पठाएको थियो ।

प्रहरीले उक्त व्यक्तिको खोजतलास गर्दै जाँदा बुटवल उपमहानरपालिका–११ प्रगतिनगरमा डेरा गरी बस्ने ३१ वर्षीय सचेन्द्र कुमार गौतम भन्ने ३१ वर्षीय भारतीय नागरिक सत्यन्द्रकुमारले चोरी गरी  ती ब्याट्रीहरू डेरामै  लुकाइराखेको पत्तो लगाएको थियो ।

गुल्मीबाट खटिएको  प्रहरीले  निजको डेरामै पुगेर  खानतलासी गर्दा उक्त ४८ थान ब्याट्री बरामद गरी निजलाई नियन्त्रणमा लिई गुल्मी जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

 

 


कस्तो लाग्यो ?

यो पनि