बैशाख ३१, २०८१, सोमबार
               

विद्यार्थीको चेतावनी : गृहको विज्ञप्ति जलाउँछौँ, हिम्मत भए पक्राउ गर

नेपाल फ्ल्यास
भदौ २१, २०७८

ADVERTISEMENT

काठमाडौं । गृह मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउनेलाई पक्राउ गर्ने चेतावनीसहितको विज्ञप्ति जारी गरेपछि सरकारले वाक स्वतन्त्रताप्रति धावा बोल्न खोजेको भन्दै सरोकारवालाले विरोध जनाएका छन् । 

आइतबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरेर मोदीको पुत्ला जलाएको भन्दै गम्भीर आपत्ति जनाएको थियो ।  मन्त्रालयले छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको र यस्तो उच्छृङ्खल र निन्दनीय गतिविधि प्रति गम्भीर आपत्ति प्रकट गरेको थियो ।

मन्त्रालयले मित्रराष्ट्रहरुविरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्ने र त्यस्ता गतिविधिमा संलग्न भई कानुन हातमा लिन खोज्नेलाई कारबाही गरिने पनि स्पष्ट पारेको थियो । केही दिनअघि माधव नेपाल पक्षीय विद्यार्थी संगठनले दार्चुला घटनाको विरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएपछि गृह मन्त्रालयले यस्तो विज्ञप्ति जारी गरेको थियो । उसो त गृह मन्त्रालयले मित्रराष्ट्रहरुको विरोध गर्नेलाई सूक्ष्म निगरानी राख्ने आशयको विज्ञप्ति समेत जारी गरेको थियो ।

​सरकारले विरोधमा उत्रिनेलाई पक्राउ गर्ने खुलेआम चेतावनी दिएपछि अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले गृहको विज्ञप्ति आज राजधानीमा च्यात्ने र जलाउने कार्यक्रम तय भएको बताउँदै हिम्मत भए आफूहरुलाई पक्राउ गर्न चुनौती दिए ।


कस्तो लाग्यो ?

यो पनि