जेठ ०४, २०८१, शुक्रबार
               

नख्खु कारागारमा कुटाकुट

नेपाल फ्ल्यास
भदौ २१, २०७८

ADVERTISEMENT

काठमाडौं । कारागारभित्र रहेको होटलको मूल्य सूची बढाएको बिषयमा ललितपुरको नख्खुमा रहेको कारागारमा झडप भएको छ । नख्खु कारागारका नाइके र कैदीबन्दीबीच झगडाले उग्ररूप लिएपछि कुटाकुटसमेत भएको थियो ।

कारागारभित्रको होटलको मूल्यसूची अत्यधिक बढाइएको, सेवा–सुविधामा पनि मनोमानी गरेको र राम्रो व्यवहार नगरेको भन्दै कैदीहरूले आक्रोश पोखेका थिए । केहीबेर कैदी र नाइकेहरूबीच भनाभन भएर कुटाकुटसमेत भएको खबर पाउनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट ४० जना प्रहरीको टोली कारागार पठाइएको प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले बताए । कारागारको सुरक्षार्थ खटिएका नेपाल प्रहरी र सशस्त्र

।प्रहरी बलले बल प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालले कारागारभित्रको विवाद मिलेको जानकारी दिनुभयो । उहाँले जेलभित्रको आन्तरिक समस्या भएकाले अहिले बन्दीहरुको गुनासो सुन्ने काम भइरहेको जानकारी दिए । उनका अनुसार कैदीहरूले आफ्नो गुनासाहरू लिखितरूपमा जेलर चिरञ्जीवी गिरीलाई बुझाएका छन् । उक्त निवेदनमा रासनमा घोटाला गरेको, टेलिफोन सुविधा सहज नबनाएको, सरकारले दिने अन्य सुविधामा पनि आफ्नो मनोमानी गरिएको उल्लेख छ ।

महानिर्देशक दाहालले निवेदनमा उठाइएका समस्याहरूलाई समाधान गरी आगामी दिनमा यस्तो स्थिति आउन नदिन पहलकदमी गर्नु भनेर कारागार प्रशासनलाई निर्देशन दिएको जानकारी दिए । हाल नख्खु कारागारमा करिब १४ सय जना कैदी रहेका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि