जेठ ०४, २०८१, शुक्रबार
               

काठमाडौंमा एक रातमै १२१.५ मिलिमिटर वर्षा, वस्ती जलमग्न

नेपाल फ्ल्यास
भदौ २१, २०७८

ADVERTISEMENT

काठमाडौं । आइतबार राति काठमाडौं उपत्यकामा अतिभारी वर्षा भएको छ । एक रातमै १२१.५ मिलिमिटर वर्षा हुँदा बागमती र यसका सहायक नदीमा बाढी आएको छ । नदी छेउका वस्ती जलमग्न भएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार तीनरचार दिनदेखिको चर्को घामपछि विकसित स्थानीय प्रणालीमा बंगलाको खाडीबाट आएको जलवाष्पयुक्त न्यून चापीय क्षेत्र मिसिदा एकाएक अतिभारी वर्षा भएको हो ।

राति साढे २ बजेदेखि ६ बजेसम्म मात्र १००।५ मिलिमिटर वर्षा मापन भएको छ, जुन अतिभारी वर्षा हो । काठमाडौंमा रातिदेखि बिहान ८ः४५ बजेसम्म मात्र १२१।५ मिलिमिटर वर्षा मापन भएको छ । ‘हामीले २४ घन्टाको वर्षा भने पनि राति पानी परेको हो,’ उनले भने ।

अर्यालका अनुसार मनसुनमा मनसुनी न्यून चापीय रेखा बन्दा छरपस्ट वर्षा हुन्छ । तर आइतबार राति चैत(वैशाखझै कालोबादल मडारिएर मेघगर्जनसहित पानी परेको हो, जुन मनसुनी चरित्र होइन । आइतबार राति एकै ठाउँमा केन्द्रित वर्षा भएको उनले बताए ।

बंगलाको खाडीमा विकसित न्यून चापीय क्षेत्र आइतबार साँझ मध्य र पूर्व नेपालबाट प्रवेश गरेको थियो । जलवाष्पयुक्त प्रणाली स्थानीय प्रणालीमा मिसिदा काठमाडौंमा ठूलो वर्षा भयो । काठमाडौंमा केही दिन यता चर्को घामले तापक्रम पनि बढेको थियो । आइतबार मध्यरातिसम्म गर्मी नै थियो । – न्युज कारखाना


कस्तो लाग्यो ?

यो पनि