बैशाख २०, २०८१, बिहीबार
               

आज बिहानैदेखि भारी वर्षा

नेपाल फ्ल्यास
भदौ २१, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । केही दिन अघिबाट भइरहेको वर्षा अझै रोकिएको छैन । मनसुन भित्रिएसँगै देशमा मौसमले बदला लिइरहेको छ ।

शुक्रबार र शनिबार केही मौसम सफा भएपनि आइतबारबाट धेरै स्थानहरुमा वर्षा भएको छ । काठमाडौं यपत्यकालगायत देशका धेरै क्षेत्रमा आइतबार रातिबाट पुनः सुरु भएको वर्षा आज बिहानसम्म पनि नरोकिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि