बैशाख २१, २०८१, शुक्रबार
               

आज केही ठाउँमा ठुलो पानी पर्ने

नेपाल फ्ल्यास
भदौ २०, २०७८

ADVERTISEMENT

आज वाग्मती, गण्डकी र प्रदेश–१ का केही ठाउँमा ठुलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

पानी पार्ने मनसुनी प्रणाली सक्रिय रहेकाले यी प्रदेशका केही ठाउँमा ठुलो पानी पर्ने मौसमविद् मञ्जु बासीले बताइन् । उनका अनुसार दिउँसो भन्दा राति धेरै पानी पर्ने सम्भावना छ ।

आज र भोलि दिउँसोको समयमा हल्कादेखि मध्यम खालको वर्षा भए पनि राति ठुलो पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद् बासीको आग्रह छ । वाग्मती र गण्डकी प्रदेशमा बाढी पहिरोको जोखिम उच्च रहेकाले रातको समयमा विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

भिरालो जमिन भएका ठाउँमा पहिरो जाने खतरा धेरै छ । यस्तै, नदी, खोल्सा आसपासका क्षेत्रमा पनि बाढीको जोखिम भएकाले सावधानी अपनाउन भनिएको हो । 


कस्तो लाग्यो ?

यो पनि