बैशाख २०, २०८१, बिहीबार
               

भन्सार छलेर ल्याइएको ७५ लाखभन्दा बढीको औषधि बरामद

नेपाल फ्ल्यास
भदौ १९, २०७८

ADVERTISEMENT

सिरहा प्रहरीले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको ७५ लाखभन्दा बढी मूल्यको औषधि बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलिले शनिबार बिहान लहान–ठाँडी सडकअन्तर्गत लहान नगरपालिका–१९ कटहाचौकबाट लु१स ८००७ नम्बरको अट्टोसहित ७५ लाख ५६ हजार ८ सय मूल्य बराबरको भन्सार छलेको औषधि बरामद गरेको हो ।

गस्तीमा रहेको प्रहरीलाई देखेर अट्टो चालक भागेपछि खानतलासी गर्दा रेकल-के २-७ नामक औषधि १५ कार्टुन, वेथोकल टेवालेट १० कार्टुन र क्यारेकल नामक ट्याब्लेट ५ कार्टुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहका सूचना अधिकारी सुवास बुढाथोकीले बताए ।

अट्टोसहित बरामद औषधि कारबाहीको लागि भन्सार कार्यालय ठाँडी पठाइएको प्रहरीले जनाएको छ ।  बरामद औषधि र गाडी कसको हो भन्ने पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि