जेठ ०४, २०८१, शुक्रबार
               

पोखरा महानगरका छाडा चौपाया नियन्त्रणमा

नेपाल फ्ल्यास
भदौ १९, २०७८

ADVERTISEMENT

कास्की । पोखरा महानगरपालिका भित्रका छाडा छोडिएका चौपायालाई नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीले महानगरभित्र रहेका एक सय भन्दा बढी छाडा चौपायालाई नियन्त्रणमा लिएको हो ।

सडकमा खुलेआम हिँडिरहेका छाडा चौपायाका कारण सवारी आवागमनमा मात्र समस्या नभई सडक दुर्घटना समेत हुने गरेकाले महानगर र जिल्ला ट्राफिक प्रहरी कार्यलयले महानगरभित्र रहेका सबै छाडा चौपायालाई नियन्त्रणमा लिई महानगरपालिकाले तयार पारेको कान्जी हाउसमा राखिने जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीले जनाएको छ ।

महानगरभित्रको सडकमा मात्र नभई मुख्य हाईवेमा लाईट नभएको स्थानमा छाडा चौपायाका कारण अझ बढी समस्या हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीका प्रमुख प्रहरी निरीक्षक अमृत बहादुर बस्नेतले बताए । सडक दुर्घटनाको झन्डै पाँच प्रतिशत सडक दुर्घटना छाडा चौपायका कारण हुने गरेको बस्नेतको भनाई छ ।

लकडाउन खुकुलो भएसँगै सडकमा सवारी साधनका चाप विस्तारै बढ्न थालेको छ । ट्राफिक व्यवस्थापनका लागि छाडा चौपाया व्यवस्थापन पनि जरुरी रहेकाले आवश्यकता अनुसार यो कार्यलाई सरोकारवालाहरुसँग समन्वय गरी आगामी दिनमा पनि निरन्तरता दिने जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि