बैशाख २८, २०८१, शुक्रबार
               

काठमाडौंमा मोदीको पुत्ला दहन

नेपाल फ्ल्यास
भदौ १८, २०७८

ADVERTISEMENT

भारतीय सिमा सुरक्षाबल (एसएसबी) ले तुइन काटेर हत्या गरिएको जय सिंह धामीको न्याय र हाल नेपालको दार्चुला क्षेत्रको आकासमा भारतीय बायुसेनाले हेलिकप्टर उडाएको विरोधमा आज नेकपा एकीकृत समाजबादी निकट अनेरास्ववियुले काठमाडौको आर आर क्याम्पस अघि विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनमा विद्यार्थीहरुले भारतीय विस्तारवाद मुर्दावादको नारा लगाउदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् । क्याम्पस बाहिर ठूलो संख्यामा प्रहरी तैनाथ भएसी प्रदर्शनकारीले क्याम्पस हाता भित्रै पुत्ला जलाएर बाहिर निस्केका थिए । बाहिर निस्कने बितिक्कै प्रहरीले पुत्ला नियन्त्रणमा लिएको थियो । त्यसपछि विद्यार्थीहरुले केही बेर सडकमा नारा लगाइ कोणसभा गरेका थिए ।

दार्चुलाका धामी महाकालीमा तुइन तर्ने क्रममा भारतीय एसएसबीले तुइन खुस्काउँदा नदीमा खसेर वेपत्ता भएका थिए । उक्त घटनामा  भारतीय पक्षको संलग्नता सो घटनामा रहेको छानबीन समितिले ठहर गरिसकेकाे छ । 

यो पनि