बैशाख १८, २०८१, मंगलबार
               

पाँचकिलोमा पहिरो खसेर सडक अवरुद्ध

नेपाल फ्ल्यास
भदौ १८, २०७८

ADVERTISEMENT

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

बिहान करिब ७ः५० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन ।

पहिराले सडक दुईतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि