मंसिर ०१, २०८१, शनिबार
               

दार्चुला घटनाबारे कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार

नेपाल फ्ल्यास
भदौ १७, २०७८

ADVERTISEMENT

दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनामा संलग्नमाथि कारबाहीका लागि कुटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । वैदेशिक रोजगारीमा जान घरबाट निस्किएका दार्चुलाको व्यास गाउँपालिका–२ खाङ्दाङ्का जयसिंह धामी १५ साउनमा महाकाली नदीमा खसेर बेपत्ता भउका थिए । 

धामी स्थानीय मालघाटबाट तुइन तर्ने क्रममा तुइनको तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै उपस्थिति देखिएको छानबिन समितिले निष्कर्ष निकालेको थियो । 

छानविन समितिले दिएको सुझाव अनुसारका विषयवस्तु समेटेर परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए । गृहमन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा साउन १७ गते छानबिन समिति गठन गरेको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि