बैशाख २१, २०८१, शुक्रबार
               

बुटवल–पाल्पा सडकखण्ड २ रात बन्द हुने

नेपाल फ्ल्यास
भदौ १७, २०७८

ADVERTISEMENT

रुपन्देही । सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडक खण्ड दुई रात पूर्ण रुपमा बन्द हुने भएको छ । पहिरो हटाउन राती काम गर्नुपर्ने भएकोले दुई रात सडक बन्द गर्न लागिएको हो ।

अविरल वर्षाका कारण तानसेन नगरपालिका–८ स्थित तल्लो डुम्रेमा गएको पहिरो हटाउन अझै बाँकी रहेकाले राती सडक बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

बिहीबार साँझ ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म र शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म सडक बन् गरिने जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सडक बन्दको समयमा एम्बुलेन्स भने चल्न पाउने जनाइएको छ ।  

दुई रातमा पहिरो हटाउन नसकिए समय थप गरेर काम गरिने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । सो सडक बुधबारबाट एकतर्फी रुपमा सञ्चालनमा आएको थियो । 


कस्तो लाग्यो ?

यो पनि