बैशाख २४, २०८१, सोमबार
               

मेरो किसान मार्ट टोखामा १० रुपैयाँमै पाइन्छ एक किलो गोलभेडा

नेपाल फ्ल्यास
भदौ १७, २०७८

ADVERTISEMENT

‘सस्तो पनि, स्वस्थ्य पनि’ भन्ने नाराको साथ टोखामा मेरो किसान मार्ट सञ्चालनमा आएको छ । धापासी-८ टोखामा नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक प्रकाश सपुतले मेराे किसान मार्टको उद्घाटन गरेका हुन् । 

मार्टमा नेपालको हुम्लामा पाइने स्याउदेखि जुम्मालामा पाईने मार्सी चामल लगायत अर्गानिक तरकारीहरु पाईनेछ । करिव ३० लाखभन्दा बढी लागतमा सञ्चालमा आएको मार्टमा १० रुपैयाँमा एक किलो गोलभेडा बिक्री भइरहेको मार्ट सञ्चालक विजय महतोले बताएका छन् ।

सञ्चालक महतोका अनुसार किसान र ग्राहकको बीच हुने विचौलियाले खाने कमिसनको अन्त्य गर्न गर्न मार्ट सञ्चालनमा ल्याइएकाे हाे । एक हप्तासम्म प्रत्येक आइटममा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उनले बताए । 


कस्तो लाग्यो ?

यो पनि