जेठ ०४, २०८१, शुक्रबार
               

कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि

नेपाल फ्ल्यास
भदौ १६, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले रोकिएको कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । 

यसअघि साउन ३१ गतेदेखि हुने गरी निर्धारण भएको परीक्षा कोरोना महामारीलाई देखाउँदै स्थगित भएको थियो । 

परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम हुनेगरी सञ्चालन गर्न लागिएको हो ।

‘संगीत, ललितकला र संस्कृत विषय समूह  तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम गरी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी सञ्चालन हुनेछ,’ बोर्डले भनेको छ ।

 सरकारले यसअघि परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप अभियानसमेत सञ्चालन गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि