बैशाख १२, २०८१, बुधबार
               

५ महिनापछि हट्यो काठमाडौंकाे लकडाउन

नेपाल फ्ल्यास
भदौ १६, २०७८

ADVERTISEMENT

काठमाडौं उपत्यकामा करिब पाँच महिनापछि निषेधाज्ञा हटाइएको छ ।  आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुकाे संयुक्त बैटकले लकडाउन हटाउने निर्णय गरेकाे हाे । 

प्रशासनले शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन र अनावश्यक भिडभाड गर्नबाहेक अन्य क्षेत्र खुला गरेको हो । पछिल्लो निषेधाज्ञामा चाडपर्वहरु स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा मनाउन भनिएको छ ।

त्यसैगरी स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरेर सर्वसाधारण व्यक्ति, समूह तथा संस्थालगायतका निकायबाट आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधि सञ्चालन गर्न पाउने भनिएको छ ।

काठमाडौं उपत्यकाका फिल्म हलहरु भोलिदेखि खुल्ने भएका छन् । साथै डान्सबार तथा दोहोरी साँझ पनि खुल्ने भएका हुन् । स्थानीय तहसँग समन्वय गरेर शैक्षिक संस्था पनि खुलाउन सक्ने भएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि