बैशाख २०, २०८१, बिहीबार
               

एकैदिन ८ लाखभन्दा बढीले लगाए कोरोना विरुद्धको खोप

नेपाल फ्ल्यास
भदौ १५, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा नेपालमा ८ लाखभन्दा बढीले कोरोनाविरुद्धकाे खोप लगाएका छन् । अहिले प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो डोज खोप लगाएका नागरिकलाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेका खोप दिइरहेको छ भने सुदुरपश्चिम प्रदेशमा भेरोसेल खोप लगाइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आझ लाख ५ हजार १२८ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् । यो सहित हालसम्म ४४ लाख ५९ हजार ७६१ जनाले पूर्ण र ५३ लाख ३९ हजार २५२ जनाले पहिलो डोज खोप लगाएका छन्। 

नेपालमा गत वर्ष माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएकाे मन्त्रालयले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि