बैशाख २४, २०८१, सोमबार
               

आफ्नै शरीरमा आगो लगाएर आत्महत्या

नेपाल फ्ल्यास
भदौ १५, २०७८

ADVERTISEMENT

ओखलढुंगा । सिद्धिचरण नगरपालिकामा एकजना महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी छिन् ।

सिद्धिचरण नगरपालिका-७ टोड्केकी ४० बर्षिया मीनाकुमारी श्रेष्ठले शरीरमा आगो लगाएर आत्महत्या गरेकी हुन् ।

घरबाट करिब १ किलोमिटर टाढा रहेको टोड्के सामुदायीक बनपाखोमा सोमबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।  

ती महिलाले शरीरमा डिजेल खन्याएर आगो लगाएर आत्महत्या गरेको ओखलढुंगा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।

महिलाले आत्महत्या गरेको स्थान छेवैमा डिजेल प्रयोग गरिएको बोटल तथा सानो झोला समेत फेला परेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।

घटनापछि प्रहरीले शवको मुचुल्का उठाई शवलाई सोमबार पोस्टमार्टमपछि परिवारको जिम्मा लगाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

उक्त महिला केही समयअघि कोभिड संक्रमित समेत थिइन् । मृतकका दुई छोरी छन् ।


कस्तो लाग्यो ?

यो पनि