जेठ ०४, २०८१, शुक्रबार
               

काठमाडौंमा थुप्रिएको फोहर भोलिदेखि उठाइने, अवरोध गरे बल प्रयोग !

नेपाल फ्ल्यास
भदौ १५, २०७८

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा थुप्रिएको फोहर भोलि (बुधबार) देखि उठाइने भएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षक लगायतको बैठकले भोलि देखि फोहर उठाउने निर्णय गरेको हो ।

लामो समय फोहर नउठ्दा अरू समस्या आउने खतरा बढेकाले विसर्जनस्थलको समस्याकै बीच पनि भोलिदेखि फोहोर उठाउने निर्णय भएको मेयर शाक्यले बताए ।

विसर्जनस्थलको समस्या समाधानका लागि अरू निकायसँग समन्वय भइरहेको र अहिले थुप्रिएको फोहर भने भोलिदेखि नै उठाउने उनले बताए ।

बैठकले फोहर व्यवस्थापनमा समस्या आएमा सुरक्षा बल प्रयोग गरेर भए पनि काम गर्ने निर्णय गरेको छ ।

काठमाडौं महानगरपालिकासहित उपत्यकाका विभिन्न सडक र चोकमा फोहोर थुप्रिदा दुर्गन्ध बढेको छ ।  


कस्तो लाग्यो ?

यो पनि