चैत १६, २०८०, शुक्रबार
               

सप्तकोशी नदीमा पानीको बहावमा घटबढ

नेपाल फ्ल्यास
भदौ १५, २०७८

ADVERTISEMENT

काठमाडौं । सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुन थालेको छ । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातारको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढेकामा पछिल्लो समय घटबढ हुन थालेको हो ।

मंगलबार बिहान ७ बजे गरिएको मापनमा कोशी व्यारेज भएर दुई लाख १४ हजार ७४५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव मापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

बिहान ६ बजे गरिएको मापनमा दुई लाख ११ हजार २२५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव थियो । पछिल्लो समय वर्षा रोकिए पनि बहाव घटबढ हुने क्रम जारी रहेकाले अहिले ब्यारेजका २८ ढोका खुल्ला गरिएको उनले बताए ।

आइतबार साँझ सप्तकोशीमा यस वर्षकै सबैभन्दा बढी पानीको बहाव मापन गरिएको थियो । त्यसबेला बहाव दुई लाख ७४ हजार पाँच क्युसेक प्रतिसेकेण्ड पुगेकाले ब्यारेजका ३८ ढोका खुल्ला गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि