बैशाख २२, २०८१, शनिबार
               

नागरिक अभियानद्वारा आफैं काठमाडौंको फोहोर सिसडोल पुर्‍याउन सुरु

नेपाल फ्ल्यास
भदौ १५, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल सरकार र काठमाडौं महानगरपालिकाले विगत २५ दिनयता काठमाडौं उपत्यकाको फोहोर उठाउन नसकेपछि नागरिक अभियन्ताहरू आफैँले काठमाडौंको फोहोर सिसडोल डम्पिङ साइटसम्म पु–याउने अभियान सुरु गरेका छन् ।

सफाइ अभियानमा लागि परेका नागरिक अभियन्ताहरूले मंगलबारबाट काठमाडौंको फोहोर उठाइ सिसडोल डम्पिङ साइटसम्म पु–याउने अभियान सुरु गरेका हुन् । 

काठमाडौंको रत्नपार्कबाट सुरु गरिएको सो अभियानमा काठमाडौं उपत्यकाको विभिन्न स्थानमा सफाइ अभियानमा जुट्दै आएका नागरिक समाजका अगुवाहरू रहेको विश्व सरसफाइ अभियन्ता राज मानवले जानकारी दिए । उनले वर्षायाममा फोहोरको व्यवस्थापन गर्ने काममा सरकार जिम्मेवार नभएपछि जिम्मेवार नागरिकको नाताले आफूहरुले सो फोहोर सिसडोलसम्म पु–याएर महानगरपालिकालाई फोहोरमुक्त बनाउने अभियानलाई अगाडि बढाएको पनि स्पष्ट पारे । अभियन्ता मानवले भने, ‘काठमाडौं महानगरपालिकाको फोहोरलाई सडकमा राख्नु हुँदैन ।

सफाइ अभियानमा बागमती सफाइ अभियान, रुद्रमति सफाइ अभियान, महाराजगन्ज सफाइ अभियानलगायतका संस्थाहरू सहभागी भएका छन् । अभियानमा सहभागी भएका अभियन्ताहरूले ‘म मेरो देश फोहोर गर्दिनँ’ लेखिएका प्लेकार्डहरूसमेत प्रदर्शन गरेका थिए ।

काठमाडौंमा विगत २५ दिनयता फोहोर उठ्न नसकेपछि बिग्रिएको सडक तत्काल निर्माण गरी सिसडोलमा त्यसको उचित व्यवस्था गर्ने प्रबन्ध गर्न काठमाडौं महानगरपालिका र नेपाल सरकारमाथि चर्को दबाब परेको छ ।


कस्तो लाग्यो ?

यो पनि