चैत १६, २०८०, शुक्रबार
               

सप्तकोशीमा पानीको बहाब यो वर्षकै उच्च

नेपाल फ्ल्यास
भदौ १३, २०७८

ADVERTISEMENT

काठमाडौं । सप्तकोशी नदीमा आइतबार पानीको बहाव यस वर्षकै सबैभन्दा बढी देखिएको छ । केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आइतबार यस वर्षकै उच्च विन्दुमा पुगेको हो ।

कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापन अनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्युसेक प्रतिसेकेण्ड बहाव पुगेको छ । नदीको बहाव बढेसँगको कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन । साउन ३२ गते कोशीमा यस वर्षकै बढी २ लाख ५६हजार २० क्यूसेक प्रतिसेकेण्ड वहाव मापन गरिएको थियो ।

पछिल्लो मापनले सो रेकर्डलाई समेत उछिनेको छ । पूर्वका अधिकांश भेगमा वर्षा जारी रहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ । चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ । जसका कारण कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा बहाव थप बढ्ने आंकलन गरिएको छ ।

यसैबीच, निरन्तरको वर्षासँगै कोशीको बहावमा निकै नै उतारचढाव देखिँदा श्रीलंका टापु क्षेत्रमा नदीले कटान थालेको छ । नदीमा आएको उतार चढावका कारण यस अघिका सातामै कटान लागेको सो क्षेत्रको कतिपय स्थानमा पुनः कटान सुरु भएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नदीले टापु क्षेत्रका केही स्थानमा कटान गरेको खबर प्राप्त भएको बताए । उनका अनुसार गरैया टापुका २० घर परिवारलाई उद्दार गरी सुरक्षित स्थानमा सार्ने तयारी भैरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि