बैशाख १९, २०८१, बुधबार
               

मौसम : रोकिएन अझै वर्षाको प्रभाव

नेपाल फ्ल्यास
भदौ १३, २०७८

ADVERTISEMENT

काठमाडौं । देशका धेरै स्थानमा केही दिन अघिदेखि परेको निरन्तर भइरहेको वर्षा अझै रोकिएको छैन । दिनमा केही साम्य भएपनि राति र बिहान हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भइरहेको छ ।

काठमाडौं उपत्यकाको धेरै स्थानहरुमा शनिबार रातिबाट भइरहेको वर्षा आज (आइतबार) बिहानसम्म पनि उपत्यकालगायत धेरै क्षेत्रमा वर्षा भइरहेको राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार केही प्रदेशका उच्च तथा हिमाली जिल्लाहरुमा वर्षासँगै हावाहुरीसहित चट्याङको पनि सम्भावना रहेको छ । त्यस्तै दिउँसो पनि देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १,  गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित भारी सम्भावना रहेको छ । साथै, राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन रचट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि