बैशाख १४, २०८१, शुक्रबार
               

बाढीपहिरोमा परी हालसम्म २२ बालबालिकासहित ९१ जनाको मृत्यु

नेपाल फ्ल्यास
भदौ १२, २०७८

ADVERTISEMENT

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म ९१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ४६ जना पुरुष, २३ जना महिला, १० जना बालक र १२ जना बालिका रहेका छन् ।

बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा ११६ जना घाइते भएका छन् । तीमध्ये ६० जना पुरुष, ३२ जना महिला, १४ जना बालक र १० जना बालिका रहेका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ । साथै बाढीपहिरोमा परी २८ जना बेपत्ता भएका छन् । तीमध्ये १७ जना पुरुष, ६ जना महिला, ४ जना बालक र १ जना बालिका रहेका छन् ।

वेपत्ताको खोजी कार्य जारी छ । बाढीपहिरोमा परेका १ हजार २ सय ७५ जनाको विभिन्न ठाउँबाट उद्दार गरि उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो । बाढीको कारण ३ हजार १८० वटा घर डुबानमा परेका छन् । ९ सय वटा घर, १५३ वटा गोठ, ६० वटा पुल, ८ वटा विद्यालय र १४ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने १ हजार ८७ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा भएका जम्मा १ हजार १ सय ३० वटा विपद्‍का घटनाबाट १ हजार २ सय ९ वटा घर परिवारका ५ हजार ९ सय २४ जना मानिस विस्थापित भएका छन् ।

उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित जिल्लाबाट सुरक्षाकर्मीहरू उद्धारमा सक्रिय रुपमा संलग्न छन् । 


कस्तो लाग्यो ?

यो पनि