जेठ ०६, २०८१, आइतबार
               

शिवगंगा नदीको बीच टापुमा फसेका दुई जनाको सकुशल उद्वार

नेपाल फ्ल्यास
भदौ ११, २०७८

ADVERTISEMENT

कैलाली जिल्लाको गौरीगंगा नगरपालिका-३ मा रहेकाे शिवगंगा नदीको बीच टापुमा फसेका दुई जनाको सशस्त्र प्रहरीले आज सकुशल उद्वार गरेको छ ।

सोही ठाउँको कुचौनी बस्ने २२ वर्षीय राजाराम सापकोटा र १८ वर्षीया आरती सापकोटा भाद्र १० गते घाँस काट्न गएकोमा पानीको बहाव पढ्न गई उक्त नदिको बीच टापुमा फसेका थिए ।

सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ रिजर्व गण कैलालीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम रावलको कमाण्डमा खटिएको विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनीहरूको सकुशल उद्वार गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि