बैशाख २३, २०८१, आइतबार
               

हालसम्म १० लाख ४० हजार मास्क नि:शुल्क वितरण

नेपाल फ्ल्यास
भदौ ११, २०७८

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा नेपाल प्रहरीले देशभर ८ हजार १२३ जनालाई निःशुल्क मास्क वितरण गरेको छ । 

कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत उनीहरुलाई मास्क वितरण गरिएको प्रहरीले जनाएको छ । 

कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म कूल १० लाख ४० हजार ४ सय ८३ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । 

नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण बढ्दै जाँदा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीको सामना गर्न प्रहरीले अहिले बिभिन्न अभियान चलाइरहेको छ । तिनै अभियानमध्ये एक ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम हो ।


कस्तो लाग्यो ?

यो पनि