असोज ०५, २०८१, शनिबार
               

सशस्त्रमा १ हजार २२३ जनाका लागि रोजगारी खुल्यो (विज्ञापनसहित)

नेपाल फ्ल्यास
भदौ ११, २०७८

ADVERTISEMENT

सशस्त्र प्रहरी बलले प्रहरी निरीक्षकदेखि परिचरसम्म विभिन्न पदमा नयाँ भर्ना आह्वान गरेको छ । शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै १ हजार २२३ जनालाई नयाँ भर्ना खुलाइएको हो । विज्ञापन अनुसार इन्स्पेक्टर पदमा खुला तथा समावेशी गरी ७५, प्रहरी सहायक निरीक्षकमा १३७, जवान पदमा ७५५ र परिचरमा १२८ जना पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ ।

सशस्त्र प्रहरी परिचरको भान्छेमा ८८ जना‚ केश कर्तकमा १४ जना‚ कुचिकारमा १३ जना‚ सूचीकारमा ७ जना‚ चर्मकर्मीमा ४ जना तथा मालीमा २ जनाको लागि दरखास्त आह्वान गरिएको हो।


कस्तो लाग्यो ?

यो पनि