बैशाख १८, २०८१, मंगलबार
               

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नेपाल फ्ल्यास
भदौ ११, २०७८

ADVERTISEMENT

चितवन । बिहीबार राति नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा खसेको पहिरो पन्छाउन बिहान १०ः०० बजेसम्म समय लाग्ने भएको छ ।

सो सडकको सेती दोभानमा राति ८ः२० बजेको समयमा ठूलो पहिरो खसेको थियो । डिभिजन सडक कार्यालयका सूचना अपिकारी इं शिव खनालका अनुसार आज बिहान ५ः३० बजेबाट पहिरो पन्छाउन थालिएको छ ।

उनले भने, ‘थप पहिरो नखसे बिहान १०ः०० बजेसम्म पहिरो पन्छाएर सकिन्छ ।’ अविरल वर्षापछि यहाँ पहिरो खसेको हो । सडक अवरुद्ध भएसँगै यातायातका साधन रोकिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि