असोज ०६, २०८१, आइतबार
               

सिन्धुपाल्चोकमा बस दुर्घटना : दुईको मृत्यु, ३१ जना घाइते

नेपाल फ्ल्यास
भदौ ०९, २०७८

ADVERTISEMENT

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ । 

दुर्घटनामा दुई जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ भने ३१ जना घाइते भएकाे प्रहरीले जनाएको छ ।

मृत्यु हुने दुवै पुरुष रहेको र उनीहरूको पहिचान नखुलेको ठोकर्पा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मानबहादुर बस्नेतले जानकारी दिए । 

उनका अनुसार घाइतेमध्ये तीन जना गम्भीर घाइते छन् । घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । 

लिसङ्खुपाखर गाउँपालिकाको बाफलबाट काठमाडौ आउँदै गरेको बा ३ ख ८०३० नम्बरको बस दुर्घटनामा परेकाे हाे ।

सुनकोशी गाउँपालिका-३, छापको घुम्तीमा बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि